गण्डकी प्रदेशको मुख्यमन्त्री बने काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नेपाली काँंग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
गत बैशाख ९ गते खगराज अधिकारीको सरकार ढलेपछि नयाँ सरकार गठनका लागि आज दावी पेश गरिएको थियो । दावी अनुरुप नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
सत्ता साझेदार दलहरुबीच आलोपालो प्रणाली अनुरुप पहिलो चरणमा पाण्डे मुख्य मन्त्री नियुक्त भएका हुन् ।
६० सदस्यीय प्रदेशसभामा सवैभन्दा ठूलो दलको रुपमा रहेको काँग्रेससंग २७ सीट छ ।सरकार गठनका लागि आवश्यक ३१ सांसद चाहिनेमा माओवादी केन्द्रसंग ७ सांसद छन् ।