यस्तो छ, आजविदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजमंगलबारका लागिविदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ३६ पैसा र बिक्री दर १६३ रुपैयाँ ११ पैसा रहेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ७४ पैसा र बिक्री दर १४४ रुपैयाँ ४० पैसा रहेको छ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८६ पैसा र बिक्री दर १३१ रुपैयाँ ४६ पैसा पुगेको छ।कतारी रियालको मूल्यएकको खरिद दर ३५ रुपैयाँ ८४ पैसा र बिक्री दर ३६ रुपैयाँशून्य पैसा रहेको छ।
त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।