९ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौँनेपालीबजारमा आजआइतबार सुनको मूल्य घटेको छ।
नेपाली सुन चाँदीमहासंघका अनुसार छापावाल सुनको मूल्यप्रतितोला ९०० रुपैयालेँ घटेर प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँकायमभएको हो ।
यसअघि शुक्रबार तोलामा ४०० रुपैयाँ बढेको थियो ।
त्यसैगरी ,तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
आइतबार चाँदीको मूल्य५ रुपैयाँले घटेर प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीप्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।