राष्ट्रिय सभा अध्यक्षको प्रेस सल्लाहकारमा शर्मा नियुक्त
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रेस सल्लाहकारमा दुर्गाप्रसाद शर्मा नियुक्त भएका छन् ।
तिमिल्सिनाले पर्वत निवासी शर्मालाई मंगलबार प्रेस सल्लाहकार नियुक्त गरेका हुन् ।
उनी २४ वर्षदेखि पत्रकारितामा सक्रिय छन् ।
२०५६ सालमा न्यू धौलागिरी दैनिकबाट पत्रकारिता सुरु गरेका शर्मा, यसअघि न्यू कालीगण्डकी दैनिकका सम्पादक थिए । नेपाल समाचार पत्र, पोखरापत्र दैनिक, ढोरपाटन दैनिक, उज्यालो एफएम, नेपाल वान टेलिभिजन, एबीसी टेलिभिजन, न्यूज २४ टेलिभिजन, दृष्टि साप्ताहिक लगायतका सञ्चार संस्थामा काम गरेका शर्मा प्रेस चौतारीको वरिष्ठ उपाध्यक्ष थिए ।