तीन सय रुपैयाँले बढ्यो सुनको मुल्य
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारसुनको भाउ बढेको छ।
सोमबार र मंगलबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँ बढेको हो।
महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख १० हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको भने चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।