मंगलबार मात्र गण्डकीमा नयाँ सरकार बन्ने
गण्डकी प्रदेशले मंगलबार मात्र नयाँ सरकार पाउने भएको छ ।
शनिबार एमालेका खगराज अधिकारी नेतृत्वको सरकारले विश्वासको मत नपाउदा ढलेपछि गण्डकीमा नयाँ सरकार बन्ने भएको हो । नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पृथ्वीमान गुरुङ आइतबार काठमाडौंबाट पोखरा जाँदैछन् । कांग्रेस सांसद विन्दुकुमार थापाका अनुसार सोमबार गठबन्धनले सरकार निर्माणको प्रक्रिया सुरु गर्ने छ ।