व्यवस्थामाथि कस्तो संकट आउनलागेको हो प्रधानमन्त्री ज्यू ? : सांसद गैरे
काठमाडौं । नेकपाएमालेका सांसद ठाकुर गैरेले बैशाख १ गते प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले व्यवस्था संकटमा प¥र्यो भनेर के सन्देश दिनखोजेको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।
आइतबार बसेकोप्रतिनिधि सभा बैठकमा सांसद गैरेलेमाओवादी केन्द्रको पार्टी कार्यालयमाभएको कार्यक्रममाव्यवस्थामाथिआएको संकटलाई संसदले सामनागर्न सक्ने भन्दै त्यसको जानकारी प्रधानमन्त्रीले बाहिर होईन सदनमाआएर दिनुपर्ने माग गरे ।
उनले भने, बैशाख १ गते प्रधानमन्त्रीले पार्टी कार्यालयमागएर यो व्यवस्था संकटमा प¥र्यो यो उल्टिन लाग्यो भनेर के सन्देश दिनखोज्नु भएको हो । यो सार्वभौम सदनचलिरहेको अवस्थामाप्रधानमन्त्रीले बाहिर यो व्यवस्थामाथि संकट आएको छ भने सदनमाआउनु प¥र्यो सदनलाई जानकारी गराउनु प¥र्यो, सुचितहुनुप¥र्यो कस्ले यो व्यवस्था उल्ट्याउनखोजेको छ के कारणले संकट पैदा भएको हो । सबै चुनौतीलाई सामनागर्न संसद तयार हुनुपर्छ त्यो जानकारी प्रधानमन्त्रीले सदनमाजानकारी गराउनु प¥र्यो ।
संसदले सामनागर्न सक्ने समस्याको बारेमापहिले संसदलाई जानकारीहुनुपर्ने उनको तर्क थियो ।