कोरोना संक्रमणबाट एकैदिन २ जनाको मृत्यु :थप १ सय ७१ जनामा संक्रमण पुष्टि
काठमाडौं । कोरोना संक्रमणबाट एकै दिन थप २ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको मंगलबार स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२ हजार २९१ नमुना परीक्षण गरिएकोमा मंगलबार थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । ९८० जनाको पीआर परीक्षणगर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको हो ।
योसंगै नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ । संक्रमित मध्ये संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत छन् ।