विद्यालयव्यवस्थापन समितिको गठन र सञ्चालनमाअति राजनीतिकरणभयोः सांसद राणा
काठमाडौ । नेपालीकांँग्रेसकी सांसद आरजु राणाले विद्यालयव्यवस्थापन समितिको गठन र सञ्चालनमा धेरै राजनीतिकरण देखिएको टिप्पणी गरेकी छिन ।
बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमाबोल्दै सांसद राणाले नतिजाको आधारमाशिक्षक र विधालयलाई दण्ड र पुरस्कारको व्यवस्थागर्नु पर्नेमाजोड दिइन । उनले पछिल्लो समय विद्यालयव्यवस्थापन समितिको गठन र सञ्चालनमा धेरै राजनीतिकरण देखिएको टिप्पणी पनिगरिन ।
उनलेभनिन, ‘नतिजाको आधारमाशिक्षक र विद्यालयलाई दण्ड र पुरस्कारको व्यवस्थागर्नुपर्छ । विधालयमाव्यवस्थापन समितिको गठन र सञ्चालनमा धेरै राजनीतिकरण भएको देखिएको छ तसर्थ समितिको कार्यशैली परिर्वतनगर्न निर्देशिकाअध्यावधिकगर्नु पर्दछ ।’
पछिल््लो समय विश्वविद्यालयमाविद्यार्थी भर्ना संख्यान्यूनभएको उनले बताइन ।
विद्यालयमालगानीअनुसारको प्रतिफलनहुनु अर्कोनिराशाजनकपक्ष बनेको सांसद राणाको ठम्याई छ ।
धनगढीका १७ वटा विद्यालयमाअध्ययनरत कक्षा ८ का विद्यार्थीहरु बार्षिक परीक्षामा एक जनापनिपास हुननसकेको उल्लेख गर्दै उनले सरकार र सरोकारवालाको ध्यानाकर्षण समेत गराइन ।
अंग्रेजीभाषामाअध्यापन गराउँदा शैक्षिक गुणस्तर सुधार हुन सक्ने उनको सुझाव छ ।
उनले भनिन ‘देशभरका आधारभूतविद्यालयमाअंग्रेजी भाषाबाट पढाइ हुने वातावरण तयार गर्न आवश्यकनीतिनियम र स्रोत साधनको सुनिश्चिततागरिनुपर्छ।’
शिक्षामाकुनतहको सरकारको के कतिअधिकार र क्षेत्राधिकार हो भनीनिक्र्यौंल गरिनुपर्ने पनिउनको भनाइ छ ।
उनले भनिन ‘शिक्षाअधिकारको सम्वन्धमा संघ प्रदेश र स्थानीयतहलाई प्राप्तअधिकारको वारेमा स्पष्ट व्यवस्थागरिदिनु पर्छ र शैक्षिकमुल्याङ्कनअपरिहार्य छ। ’