खनाल र पोखरेलबीच पार्टी एकताबारे छलफल
नेकपा एमालेका महासचिव शंकर पोखरेल र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच पार्टी एकताबारे छलफल भएको छ ।
नेता खनालको निजी निवास डल्लुमा भएको भेटवार्तामा महासचिव शंकर पोखरेलले पार्टी एकताको प्रस्ताव गरेका छन् । ‘देश राजनीतिक र आर्थिक रुपले गम्भीर संकटमा पुगेको छ । वामपन्थीबीचको सहकार्य गर्दै पार्टी एकतामा लाग्नुपर्छ’, महासचिव पोखरेलले खनालसँग प्रस्ताव गरेका छन् । पोखरेलको प्रस्तावप्रति नेता खनालले आफु सकारात्मक रहेको जवाफ दिएका छन् ।