आईजीपीमा बसन्त कुँवरलाई नियुक्त गर्ने सरकारको निर्णय
प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्त भएका छन् । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरलाई आईजीपी नियुक्त गरेको एक मन्त्रीले बताए । सरकारको निर्णयसँगै कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक बन्न सफल भएका छन् । प्रहरी महानिरीक्षकका पाँच जना प्रतिस्पर्धी मध्ये वरियतामा कुँवर एक नम्बरमा थिए ।
२०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका कुँवरमा ‘हाकिम शैली’ नदेखिएको उनी निकट प्रहरी अधिकारीहरू बताउँछन् । अर्घाखाँचीको सन्धिखर्कस्थित तुम्कोटमा जन्मेहुर्केका कुँवर नेपाल प्रहरीको सर्वोच्च पद (आईजीपी) नियुक्त भएका छन् ।