राजनीतिक समृद्धि र स्थिरताको पक्षमा हमेसा उभिरहने बाचा गर्दैछौं
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक स्थिरता र समृद्धिको पक्षमा हमेसा उभिरहने बाचा गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथि बोल्दै उनले भने, ‘राजनीतिक स्थिरिता र देशको समृद्धिको पक्षमा हमेसा उभिएका छौं । र उभिरहने बाचा गर्दैछौं ।’