गुमायो नेपालले छैटौं विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा लागि त्रिकोणात्मक एकदिवसीय यूएई टोलीविरुद्धको खेलमा छैटौं विकेट गुमाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले छटौं विकेट गुमाएको हो ।
नेपालका कुशल मल्ल १८ औं ओभरको पहिलो बलमा क्याच आउट भए । उनले ६० रन बनाए । कुशललाई कार्तिक मियापानले क्याच आउट गराए ।