नेपाल एयरलाइन्सले क्वालालाम्पुरमा चार्टर्ड उडान मागेपछि प्राधिकरणले सोध्यो स्पष्टीकरण
नेपाल वायुसेवा निगमले मलेसियाको क्वालालाम्पुरमा नियमित उडान गर्न सक्ने पर्याप्त सम्भावना हुँदाहुँदै बढी चार्टर्ड उडानको अनुमति माग गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ ।
प्राधिकरणले सोमबार निगमलाई पत्र लेख्दै ‘प्रतिसाता ७ वटा सेड्यूल उडान गर्न सक्ने प्रावधान बाँकी रहँदारहँदै किन यात्रु चार्टर्ड उडान गर्नु परेको हो ?’ भनी स्पष्टीकरण सोधेको हो । नेपाल सरकार र मलेसिया सरकारबीच ३ अप्रिल २०१५ मा भएको द्विपक्षीय हवाई सेवा सम्झौता अनुसार नेपाली वायुसेवा कम्पनीले सातामा २८ वटा उडान मलेसियामा गर्न सक्छन् ।