अन्तर्घात गरेको छानबिनको प्रतिवेदन सार्वजनिक हुन्छ
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक हुने बताएका छन् ।
शनिबार छानबिन समितिको प्रतिवेदन बुझ्दै उनले उक्त कुरा बताएका हुन्।
‘प्रतिवेदन आगामी बैठकमा प्रस्तुत हुन्छ’। यो प्रतिवेदनले भविष्यमा अनुशासितमर्यादित पार्टी पंक्तितयार गर्ने र आउने पिँढीलाई मार्गनिदेश गर्ने अध्यक्षयादवले बताए ।
शिव लाल थापा संयोजकत्वको छानबिन समितिले गत मंसिरमा सम्पन्न निर्वाचनमा भएको अन्तर्घातको स्थलगत रुपम ातयार पारेको प्रतिवेदनमा केन्द्रदेखि स्थानीय तहसम्मका ८० जना नेता, कार्यकर्तालाई कारबाहीको लागि सिफारिस गरिएको छ।