यू-२० महिला एसियन कपको दोस्रो चरणमा नेपाल समूह बी मा
एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल ‘समूह बी’ मा परेको छ ।
एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल चीन, म्यानमार र चाइनिज ताइपेई ‘समूह बी’ मा परेका छन् ।
प्यलेस्टाइनमा भएको पहिलो चरणको छनोटमा नेपाल समूह बी को विजेता बन्दै दोस्रो चरणको छनोटमा स्थान बनाएको हो ।
दोस्रो चरणको छनोटमा चीन र म्यानमार नेपाल भन्दा माथिल्लो वरीयता प्राप्त टिम छन् ।