ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा दैलेखमा ३ जनाको मृत्यु
दैलेखको तालपोखरीमा मालबाहक मिनि ट्रक आज विहान पौने ९ बजे दुर्घटना ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। नेपालगञ्जबाट दैलेखतर्फ आउँदै गरेको मनकामना ग्यास सिलिन्डर बोकेको भे १ क २२०१ नम्बरको ट्रक दैलेखको गुराँस गाउँपालिका ३ तालपोखरीमा दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ।
दुर्घटनमा परि मृत्यु हुनेमा ३० वर्षीय चालक कृष्ण चौधरी, कामदारहरु २५ वर्षीय लक्षिराम चौचरी र २२ वर्षको विष्णु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । सहचालक प्रकाश कुमाई भने सकुशल रहेका छन् ।