धनुषामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु
धनुषामा आफैले चलाएको ट्याक्टर दुर्घटनामा परी एकजनाको घटनास्थलमै मृत्यु भएको छ । आज (सोमबार) बिहान क्षीरेश्वनाथ नगरपालिका र बटेश्वर गाउँपालिकाको सिमाना पर्ने पुलभन्दा पूर्वमा भएको दुर्घटनामा क्षिरेश्वरनाथ नगरपालिका ३ का मंगलपुरका अन्दाजी ५१ वर्षीय विष्णुबहादुर फुयालको मृत्यु भएको हो ।
उनले चलाएको ज १ च ३४३७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो। बटेश्वर गाउँपालिका ५ शान्तिपुर जाने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।