बाग्लुङमा तीन वर्षीया छोरीको हत्या अभियोगमा बुवा पक्राउ
बाग्लुङमा एक पिताले आफ्नो ३ वर्षीया छोरी अरिसा दिनको हत्या गरेको अभियोगमा बागलुङ नगरपालिका-१२ अमलाचौर घर भई जैमिनी नगरपालिका-४ सर्कुवा बस्ने २० वर्षीय सायर दिनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सायरले ढुङ्गाले टाउकोमा प्रहार गरी आफ्नै छोरीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।