बुधबार गरिएको चेकिङकामा १६ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बुधबार बिहान गरिएको विशेष चेकिङका क्रममा १६ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
ट्राफिक प्रहरीले गरेको चेकिङका क्रममा स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पुरा नगर्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने १६ जना स्कुल बसका चालकहरू कारबाहीमा परेका हुन् ।
जसमा बसको अवस्था ठिक नराख्ने ८ जना र लापरबाहीका साथ बस चलाउँदै गरेका ८ जना रहेका छन् । स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पुरा गरी स्कुल बस सञ्चालन भए नभएको सम्बन्धमा ट्राफिक प्रहरीले निरन्तर अनुगमन गरिएको छ ।
योसँगै चेकिङकै क्रममा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ जना चालकहरूलाई पनि आजै ट्राफिक प्रहरीले कारबाही गरेको छ ।