रामनवमी मनाउन मन्दिर गएका ३५ जना भक्तहरूको मृत्यु
भारतमा रामनवमी पर्व मनाउन शिव मन्दिरमा भेला भएका भक्तजनहरू मन्दिरको आँगनमा रहेको पुरानो इनारमा खस्दा ३५ जनाको मृत्यु भएको छ । दिल्लीको पटेलनगरस्थित मन्दिरमा रहेको इनारमा बिहीबार भक्तजनहरू खसेको बीबीसी हिन्दीले जनाएको छ ।
हिजो इनारबाट १४ शव निकालियो भने शुक्रबार बिहान अन्य २० शव झिकिएको हो । सुनिल सोलंकी नाम गरेका व्यक्तिको इनारभित्र खोजी भइरहेको पनि जनाइएको छ ।
बिहीबार सो घटना भएपछि १८ जनालाई भने जिवित्तै उद्धार गरिएको छ । सिमेन्टको स्ल्याबले ढाकिएको इनारमाथि पूजाअर्चनाका निम्ति भक्तजन भेला भएका थिए ।