चैत ४ देखि तिलोत्तमा गोल्डकप सञ्चालन हुने
नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप आगामी चैत ४ गतेदेखि सञ्चालन हुने भएको छ । २०७५ मा २१ औँ संस्करणको प्रतियोगितापछि कोरोना महामारी लगायत कारणले २२ औँ संस्करण हुन सकेको थिएन ।
रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचनका अनुसार चैत ४ गतेदेखि शुरु प्रतियोगितामा देश विदेशका प्रख्यात फुटबल टिमहरूको प्रतिस्पर्धा हुने छ । २१ औँ संस्करणको उपाधि क्यामरुनले दाउफिन्स क्लबले जितेको थियो । उसले नगद ८ लाख ८० हजार र उपविजेता नेपाल पुलिसले ५ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेको थियो । २० औँ संस्करणको विजेताले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ नगद पुरस्कार पाएको थियो ।