रञ्जिताको उमेर नपुगेकाले उपराष्ट्रपति उम्मेदवार हुन नपाउने
नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरे पनि उनी उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य देखिएकी छन् ।
संविधान अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न ४५ वर्ष उमेर पूरा भएको हुनुपर्छ । श्रेष्ठको उमेर ४५ वर्ष पूरा नभएकाले उनी अयोग्य देखिएकी हुन् ।
संसद सचिवालयका अनुसार रञ्जितको उमेर ४० वर्ष मात्र पुगेको छ ।