मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली, दक्षिण कोरियालाई १–० ले पराजित
काठमाडौं । सह–आयोजक मेक्सिको जारी विश्वकप फुटबलको नकआउट चरण (अन्तिम ३२) मा प्रवेश गर्ने पहिलो टोली बनेको छ।
शुक्रबार बिहान भएको समूह ‘ए’ को खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १–० गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जितसहित अघिल्लो चरणको टिकट पक्का गरेको हो।
मेक्सिकोको जितमा दोस्रो हाफमा लुइस रोमोले गरेको एकमात्र गोल निर्णायक बन्यो। घरेलु मैदानमा दर्शकको उत्साहपूर्ण समर्थनबीच आएको उक्त गोल खेलको टर्निङ प्वाइन्ट बनेको थियो।
खेलभर दक्षिण कोरियाले कडा चुनौती दिए पनि गोल गर्न सकेन। अन्तिम समयमा केही अवसर सिर्जना गरे पनि मेक्सिकोको रक्षापङ्क्ति भेद्न असफल भयो।
यो जितसँगै मेक्सिको समूह ‘ए’ बाट नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ।