मोहन निरौला चलचित्र कलाकार संघको अध्यक्षमा निर्वाचित
मोहन निरौला चलचित्र कलाकार संघको अध्यक्षमा निर्वाचित भएका छन् । शनिवार काठमाडौँमा सम्पन्न संघको १९ औं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
कूल खसेको मत ४६८ मध्ये निरौलाले २३५ मत प्राप्त गरे भने निकटतम प्रत्यासी रेजिना उप्रेतीले २०९ मत प्राप्त गरिन् । २६ मत बदर भयो ।