क्याम्पस भेलाबाट अनेरास्ववियुले स्ववियुका सम्भावित उम्मेदवार छान्ने
क्याम्पस भेलाबाट अनेरास्ववियुले स्ववियुका सम्भावित उम्मेदवार छनौट गर्ने भएको छ । अनेरास्ववियुको पदाधिकारी बैठकले फागुन १३ गते स्ववियु निर्वाचन हुने क्याम्पसहरूमा विद्यार्थी भेला गरेर सम्भावित उम्मेदवार छनौट गर्ने निर्णय गरेको थियो ।
फागुन १३ गते देशैभरीका स्ववियु निर्वाचन हुने क्याम्पसहरूमा भेला गरेर उम्मेदवारहरू छान्न प्रक्रिया सुरु गर्न केन्द्रले तल्ला कमिटीहरूलाई निर्देशन दिइसकेको छ । सोही आधारमा क्याम्पस भेला गर्ने र सम्भावित उम्मेदवारहरूको सूची सङ्कलन गरेर केन्द्रमा पठाइने र केन्द्रले उम्मेदवारको टुङ्गो लगाउने अनेरास्ववियुका अध्यक्ष समिक बडालले जानकारी दिए ।