सहमतिमा यौनसम्बन्ध राख्ने उमेर हद बढाउदै जापान
जापानमा सहमतिमा यौनसम्बन्धका लागि उमेर हद बढाएर १६ वर्ष बनाउन लागिएको छ । यसअघि १३ वर्षको उमेर हदलाई कायम गरिएको थियो ।
देशमा यौन अपराधमा रोक लगाउनका लागि नियममा परिवर्तन गर्न लागिएको बीबीसीले जनाएको छ । सन् २०१९ मा उमेरकै कारण धेरै दोषीहरूले सफाइ पाएपछि त्यसको व्यापक विरोध भएको थियो । नयाँ प्रस्तावमा बलात्कारको परिभाषालाई विस्तार गर्ने र नाबालिगको मामिलामा थप कडा नियम ल्याउने बताइएको छ ।