प्रधानमन्त्री प्रचण्डले पाँचवटा मन्त्रालय सम्हाल्दै
आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले राजीनामा दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु पाँचवटा मन्त्रालयको जिम्मेवारी आएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार रिक्त रहेको थप दुई मन्त्रालयको कामकाज प्रचण्डले नै गर्नेगरी जिम्मेवारी तोकेसँगै उनको काँधमा पाँच वटा मन्त्रालय परेको हो ।
प्रधानमन्त्रीले गृह, शिक्षा, श्रम रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय सम्हाल्दै आएका छन् ।