नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी, राष्ट्रपतिबारे छलफल हुँदै
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपरान्ह ५ बजेबाट बैठक सुरु भएको हो । बैठकमा माओवादी केन्द्रले भावी राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्नेबारे ठोस निर्णय गर्ने नेताहरुले बताएका छन् । माओवादी केन्द्रले आफुले भने राष्ट्रपतिमा उम्मेदवारी नदिने बताउदै आएको छ । राष्ट्रपति निर्वाचनमा माओवादी निर्णायक मानिएको छ । नेपाली कांग्रेस र एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने बताउँदै आएपनि माओवादीले जसलाई समर्थन गर्छ उसैको जित हुने भएकाले माओवादीलाई आफ्नो पक्षमा पार्न दुवै दल लागेका छन् ।