२ हजार विपन्न परिवारको निःशुल्क बीमा गर्दै इटहरी उपमहानगरपालिका
इटहरी उपमहानगरपालिकाले आफ्नो नगरका २ हजार अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । उपमहानगरले अति विपन्न परिवारलाई नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने भएको हो ।
इटहरीमा हेमकर्ण पौडेल मेयर निर्वाचित भए सँगै सबैका लागि सधैका लागि स्वास्थ्य भन्ने नारालाई अवलम्बन गर्दै स्वास्थ्यमा नगरबासीको पहुँच वृद्धि गर्दै लैजाने नीति तथा कार्यक्रम अन्तरगत बीमा कार्यक्रम सुरु गरेको हो । अहिले वडाको ९० जना अति विपन्न परिवारको तथ्याङ्क संकलन गरी बीमा कार्यक्रम सुरु गरिएको हो ।