यो शृंखला सोचेको भन्दा निकै खराब रह्यो
आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालमा जारी त्रिदेशीय एकदिवसीय शृंखलामा नामिबिया जित बिहीन रहँदै घर फर्केको छ ।
नेपालमा खेलेका सबै चार वटै खेल हारेको नामिबियाका सहायक प्रशिक्षक एलबी मोर्केलले शृंखला हालसम्मकै निराशाजनक भएको बताएका छन् । ‘यो शृंखला सोचेको भन्दा निकै खराब रह्यो । ब्याटिङ निकै खराब रह्यो,’ सोमबार भएको आफ्नो चौथो खेलमा स्कटल्याण्डसँग ४३ रनले पराजित भएपछि उनले भने ।
लिग टू मा हालसम्म खेलेका शृंखलामा नामिबियाले एउटा पनि खेल जित्न नसकेको यो पहिलो शृंखला हो ।