बुधबार विशेष पत्रकार सम्मेलन गर्दै विप्लव
नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले बुधबार विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । काठमाडौँको जमल स्थित नाचघरबाट बुधबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागिएको हो ।
समसामयिक राजनीतिक विषयमा पत्रकार सम्मेलन गर्न लागिएको पार्टीका एक नेताले बताए । ‘अहिलेको पछिल्लो राजनीतिक घटनाक्रम र बन्दी रिहा र मुद्दा फिर्ताको विषयमा जानकारी गराइने छ’ ती नेताले भने, ‘पछिल्लो पार्टी बैठकका निर्णय समेत सार्वजनिक गरिने छ ।’
पत्रकार सम्मेलनमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा‘प्रकाण्ड’सहित सचिवालय, पोलिटब्युरो र केन्द्रीय सदस्य समेत सहभागी हुने भएका छन् ।