प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो हो
नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाले रास्वपाका सभापति रवि लामिछाने निष्फिक्री बोलेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले प्रतिरक्षा र जवाफदेहिता अरुको काम भएको बताएका छन् ।
बास्कोटाले सामाजिक सञ्जाल फस्बुकमा लेखेका छन् 'रवीले निष्फिक्री बोले।प्रतिरक्षा र जवाफदेहिता अरुको काम हो।प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो हो।'
नेपालमा कसैले पनि मिडियाका गलत कार्यका बिरुद्ध बोल्न नसक्ने तर डटेर सामना गर्ने एक मात्र व्यक्ति बास्कोटा भएको लामिछानेले् आइतबार सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि बास्कोटाको यस्तो प्रतिक्रिया आएको हो । आफूले यसअघि बास्कोटाको एउटा घटनाक्रममा आलोचना गरेपनि मिडियाको सवालमा आँटिलो बास्कोटा भएको लामिछानेले बताए ।