रवि लामिछानेले मन्त्री पदबाट राजीनामा दिएर पनि अझै छाडेनन् मन्त्री क्वाटर
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्री पदबाट राजीनामा दिएको हप्ता दिन पुग्न लाग्दासमेत मन्त्री क्वाटर छाडेका छैनन् । उपप्रधानसहित गृहमन्त्रीबाट गत शुक्रवार राजीनामा दिएका लामिछानेले अहिलेसम्म मन्त्री क्वाटर नछोडेका हुन् ।