महन्थ ठाकुरलाई लोसपाले राष्ट्रपतिको उम्मेदवार बनाउने
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपाले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउनबारे छलफल सुरु भएको छ ।
दलहरुबीचमा राष्ट्रपति कुन पार्टीबाट बनाउने भन्ने छलफल चलिरहेका बेला लोसपामा पनि अध्यक्ष ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउनेबारे छलफल सुरु भएको हो ।
राष्ट्रपतिको विषयमा छलफल गर्न सत्तारुढ दलहरुको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बसेर निर्णय गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहमति भएको छ । बुधबार ओली निवासमा बालकोटमा दुई नेताबीचको भेटवार्तामा यस्तो सहमति भएको हो ।