प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच भेटवार्ता भएको छ ।
उनीहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।
उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको छ।
प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन्। प्रधानमन्त्री प्रचण्डले यसअघि अध्यक्ष नेपालसँगको भेटमा सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए।
अध्यक्ष नेपालले पार्टी बैठकमा यसबारे छलफल गरे पनि कुनै निर्णय गरिसकेका छैनन्। उनले उपयुक्त समयमा यसबारे निर्णय हुने बताइरहेका छन्।