काँकरभिट्टामा ३.२ ग्राम खैरो हेरोइनसहित युवक पक्राउ
मेचीनगर नगरपालिका–६ काँकरभिट्टा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २०० मिलिग्रामसहित एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१४ दुवागढीका २३ वर्षीय गोपाल मलाहा रहेका छन्।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित बुधबार बिहान पक्राउ गरेको हो।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।