पत्रकारको गति र नेताको मति भएन
कर्णालीका मुख्यमन्त्री जीवन बहादुर शाहीले पत्रकारको गति नभएको बताएका छन्। नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने ,'हामी नेताहरूको मति भएन , तपाईँहरूको गति भएन साधारण सभाले गति ल्याओस् ।' उनले अहिले सञ्चार माध्यमहरुको अवस्था फरक धारबाट अघि बढेको बताए ।