मतपत्रको सुरक्षा र गणनास्थलको सुरक्षाका लागि सिसीक्यामेरा राख्ने आयोगको भनाइ
निर्वाचन आयोगले मतगणना स्थलमा तारजाली नलगाइने बताएको छ ।
विगतका चुनावमा मतपत्र चपाउनेजस्ता घटना भएपछि मतपत्र सुरक्षाका लागि भन्दै मतगणना स्थलमा तारजाली लगाइँदै आएको थियो।
मतपत्रको सुरक्षा र गणनास्थलको सुरक्षाका लागि सिसीक्यामेरा भने राख्ने आयोगको भनाइ छ ।
आज निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा ‘तारजाली लगाएर छेकेर मतगणना सुरक्षित हुन्छ भन्नेबाट माथि उठ्नुपर्छ। लोकतन्त्रमा सुहाउने काम गर्नुपर्छ। सुरक्षाका अन्य विधि अबलम्बर्ने आयोगले जनाएको छ ।