प्रणाली सुधार्न नेताले चुनाव हार्न पनि तयार हुनुपर्छ : राजेन्द्र पाण्डे
झण्डै पाँच दशकदेखि राजनीतिमा सक्रिय राजेन्द्रप्रसाद पाण्डे चार पटकसम्म संसद् सदस्यमा निर्वाचित भइसकेका छन् ।
ग्रामीण विकासमा स्नातकोत्तर गरेका पाण्डे पछिल्लो निर्वाचनमा मुख्यमन्त्री बन्ने उद्देश्यसहित प्रदेश सभा सदस्यमा धादिङबाट निर्वाचित भए । स्थानीय विकासमन्त्री समेत बनिसकेका उनी हाल नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत हुन् । मुख्यमन्त्री बन्न उनले बेलेको पापड र कतिपय कामहरू बहस र विवादको विषय बने ।
संघको शीर्ष नेतृत्व संघीयताप्रति अनुदार रहेको बुझाइ बनाएका पाण्डे संघीय सरकारविरुद्ध मुद्दा हाल्ने मानसिकतामा पुगेको बताउँछन् । प्रदेश खारेजीको माग राख्नेहरूले व्यवस्था नै उल्ट्याउन चाहेको उनको तर्क छ ।