बालेनबारे बाबुरामको व्यंग्य : पृथ्वीनारायणको अवतार बनाउन लागे
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले काठमाडौं महानगरका मेयर बालेन शाहका पछिल्ला गतिविधि र त्यसमाथि भइरहेको प्रशंसाप्रति व्यंग्य गरेका छन् ।
शुक्रबार बिहान बालेनले आफूलाई प्रधानममन्त्रीकाल सम्झाउने गरी फर्काएको जवाफपछि भट्टराईले यस्तो कटाक्ष गरेका हुन् ।
उनले फेसबुकमा लेखेका छन् । ‘काठमाण्डौ ताजुव उपत्यका हो । यसले भारतीय राजा हरिसिंह देवलाई दुई बर्ष शासन गर्न दिएर लखेट्यो । पछि उनैका छोरीपट्टिका नाती जयस्थिती मल्ललाई चार सय वर्षको मल्ल शासनको जग बसाल्ने मौका दियो । पृथ्वीनारायण शाहको निर्माण गरायो । अहिले यो बालेन शाहलाई पृथ्वीनारायणको अवतार बनाउने धुनमा छ।’
सामाजिक सञ्जालमै यसअघि डा. भट्टराईले फुटपाथ व्यवसायीलाई निश्चित ठाउँ र समय तोकेर व्यापार गर्न दिनु पर्ने बताएका थिए । जसप्रति प्रतिक्रिया दिँदै बालेनले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा किन नसोचेको भनेर भट्टराईप्रति प्रशन गरेका थिए ।