ज्यान मार्ने मुद्दाका पक्राउ व्यक्ति फरार
प्रहरीले ज्यान मार्ने मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेको छ।बर्दिया गुलरिया नगरपालिका-६ का ३६ वर्षीय कपिल भण्डारीलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
उनका अनुसार गत फागुन २५ गते काठमाडौंको मध्यबानेश्वर हाईट सडकखण्डमा भण्डारीले ३३ वर्षीय कमान सिंह बोगटीलाई खुकुरी प्रहार गरेको थिए।
भण्डारीले पूर्व रिसिइबीका कारण खुकुरी प्रहार गरी फरार भएको प्रहरीले जनाएको छ।प्रहरीले सुनसरी धरान उपमहानगरपालका एरियामा भण्डारी लुकिछिपि बसेको भन्ने गोप्य सूचना पाएको थियो। सोही सूचनाको आधारमा शनिबार भण्डारीलाई पक्राउ गरेको हो।