संसदीय छानबिनको अडान अर्थमन्त्रीको जवाफमा एमाले असन्तुष्ट,
मंगलबार प्रतिनिधिसभामा अर्थसहित १० वटा मन्त्रालयका लागि विनियोजित बजेटको शीर्षकगत छलफलमा उठेका प्रश्नहरुको मन्त्रीले जवाफ दिने कार्यसूची थियो ।
तर बैठक सुरु भएलगत्तै प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरुले उठेर विरोध गरे । सभामुख अग्निप्रसाद सापकोटाले पार्टीको धारणा राख्न एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई समय दिए ।पूर्वअर्थमन्त्री समेत रहेका पाण्डेले बजेट निमार्णका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दर हेरफेर गरेको विषयमा सरकार र अर्थमन्त्रीको जवाफ माग गरे ।