नेपाल तयार छ ईपिजी प्रतिवेदन बुझ्न : परराष्ट्र मन्त्री खड्का
परराष्ट्रमन्त्री नारायण खड्काले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) को प्रतिवेदन बुझ्न नेपाल सरकार तयार रहेको बताएका छन् ।
परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मंगलबार प्रतिनिधिसभामा उनले भने, ‘नेपाल सरकार उक्त (इपिजी) प्रतिवेदन बुझ्न तयार छ ।’