फ्रान्सको कमजोर सुरुवात नेशन्स लिगमा
क्रोएसियासँग १–१ गोलको बराबरीमा रोकिएसँगै फ्रान्सले युईएफए नेशन्स लिगको सुरुवाती दुई खेलमा एक अंक जोड्न सफल भएको छ ।शुक्रबार पहिलो खेलमा डेनमार्कसँग २–१ ले पराजित भएपछि प्रशिक्षक डिडियर डेसच्याम्पले क्रोएसियाविरुद्ध १० खेलाडी परिवर्तन गरेका थिए ।
विसम बेन यडरको पासमा एट्रियन र्याविअटले गोल गरी अग्रता दिलाएसँगै फ्रान्स जितको नजिक पुगेको थियो । तर , एन्डेरज क्र्यामेरिचले पेनाल्टीमार्फत बराबरी गोल फर्काएइ । जोनाथन क्लाउसको फललाई भिडियो असिस्टेन्ट रेफ्रीले पेनाल्टी करार गरेको थियो ।