महानगर र उपमहानगरमा एजेन्टमार्फत मात्र घरजग्गा कारोबार
सरकारले महानगरपालिका र उपमहानगरपालिकामा अनुमति प्राप्त व्यक्ति र कम्पनीमार्फत मात्र घरजग्गा कारोबार गर्न पाउने व्यवस्था गरेको छ ।
आइतबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट वक्तव्यमा घरजग्गा व्यवसायलाई व्यवस्थित र पारदर्शी बनाउन आधिकारिक निकायबाट अनुमति लिएका व्यक्ति र कम्पनीमार्फत मात्र कारोबार गर्नुपर्ने उल्लेख गरिएको छ ।यद्यपि यो व्यवस्था देशभर भने लागू हुने छैन । मन्त्री शर्माले भनेका छन्, ‘आगामी आर्थिक वर्षदेखि महानगरपालिका र उपमहानगरपालिकामा यो व्यवस्था कार्यान्वयन गरी क्रमशः सबै स्थानीय तहमा लागू गरिनेछ ।’