एकीकृत समाजवादी विजयी संखुवासभाको पाँचखपनको प्रमुखमा कांग्रेस र उपप्रमुखमा
संखुवासभाको पाँचखपन नगरपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार विपिन राई विजयी भएका छन् ।
नेकपा एमालेका हिन्दुकुमार राईलाई १ हजार ३५१ मत हराउँदै कांग्रेसका राई प्रमुखमा विजयी भएका हुन् । राईले ४ हजार ७८८ र उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हिन्दुुकुमारले ३ हजार ४३७ मत ल्याएका छन् । विपिन राई यस अघिका नगरप्रमुख हुन् ।
त्यस्तै उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी सुमुना श्रेष्ठ ३ हजार ८३४ मतसहित विजयी भएकी छन् । एकीकृत समाजवादीकी श्रेष्ठले ३४७ मत अन्तरले एमालेकी अनिता न्यौपानेलाई हराइन् । अनिताले ३ हजार ४८७ मत पाएकी छन् ।