उपमेयरमा एमाले धेरै महानगर र उपमहानगरको
सत्ता गठबन्धनले साझा उम्मेदवारी दिएपछि कुनैपनि महानगरको मेयर जित्न नसकेको नेकपा एमालेले उपमेयरमा भने बहुमत संख्या जित्ने भएको छ । पोखरा महानगरको अन्तिम नतिजा आउनु अघि नै मेयर र उपमेयरको नतिजा निश्चित भइसकेको छ ।
मेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्य मेयर बन्ने निश्चित भएको छ । एमालेका कृष्ण थापालाई हराउँदै उनी मेयर बन्ने भएका हुन् । तर उपमेयर भने एमालेकै मञ्जुदेवी गुरुङ निर्वाचित हुँदैछिन् ।
काठमाडौं महानगरमा एमालेकी सुनिता डंगोलले फराकिलो अन्तरले अग्रता लिएकी छन् । डंगोलले ५२ हजार ८०९ मत ल्याउँदा निकतम प्रतिश्पर्धी रामेश्वर श्रेष्ठले १७ हजार ८८४ मत पाएका छन् । एकीकृत समाजवादीका नेता श्रेष्ठ गठबन्धनका नेता हुन् ।