मर्चवारी गाउँपालिका-३का दलित महिला वडा सदस्य उम्मेदवारको निधन
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका एक जनाको निधन भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट मर्चवारी गाउँपालिका-३ को दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी कुसुमी पासिनको मृत्यु भएको हो ।उनको मृत्युको सूचना पाएपछि निर्वाचन आयोगमा जानकारी गराइएको मर्चवारीका निर्वाचन अधिकारी सरोज पोखरेलले बताए । उनले निर्वाचनलाई असर नपर्ने गरी पुनः मनोनयनको प्रक्रिया अघि बढाउने बताए ।