शिवालयको उपाध्यक्ष २४ वर्षीया गीता बनिन्
जिल्लाको शिवालय गाउँपालिकाको उपाध्यक्षमा २४ वर्षीया गीता शाही निर्वाचित भएकी छन् ।माओवादी केन्द्रबाट उम्मेदवार बनेकी शाहीले नेकपा एमालेकी नैनसरा शाहीलाई २४० मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् ।
शाहीले २६५९ मत ल्याउँदा एमालेकी नैनसरा शाहीले २४२९ मत पाइन् । विद्यार्थी राजनीतिबाट सक्रिय भएकी शाही अखिल क्रान्तिकारी कर्णाली प्रदेश कमिटी सदस्य हुन् ।